दफा
इजाजतपत्रको खारेजी
(१) देहायको अवस्थामा समितिको सिफारिसमा नेपाल सरकारले निर्माण व्यवसायीको इजाजतपत्र खारेज गर्न सक्नेछ ः–
(क) झुठ्ठा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेमा,
(ख) सार्वजनिक निर्माण कार्य गर्ने वा गर्न पाउने उद्देश्यले नेपाल सरकार तथा संगठित संस्थामा झुठ्ठा विवरण तथा तत्सम्बन्धी कागजात पेश गरेमा,
(ग) गुणस्तरयुक्त कार्य नगरेको ठहरेमा ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र खारेज गर्नु अघि सम्बन्धित निर्माण व्यवसायीलाई स्पष्टीकरण पेश गर्न मनासिब माफिकको मौका दिनु पर्नेछ ।
(३) दफा ५ को उपदफा (३) बमोजिमको म्यादभित्र नवीकरण नभएको इजाजतपत्र स्वतः खारेज हुनेछ ।
(४) उपदफा (१) वा (३) बमोजिम इजाजतपत्र खारेज भएकोमा त्यसको जानकारी सम्बन्धित फर्म वा क्रम्पनी दर्ता गर्ने कार्यालयलाई दिनु पर्नेछ ।